Search
Close this search box.
Search
Close this search box.

कोशी प्रदेशमा एक महिनामा विपदमा परी १८ जनाको मृत्यु

झापा(पालिका सन्देश) । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता प्राकृतिक विपद्मा परी ७४ जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हिजोसम्म ७४ जनाको मृत्यु र ५ बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्मा परी कोशी प्रदेशमा १८ जना, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्यु भएको हो । प्राकृतिक विपद्मा परी ८८ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ । ५३ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ । २८ जेठयता विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन् । यो अवधिमा बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायाको मृत्यु भएको छ ।

EPIC

कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल सार्वजनिक
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’को उद्घाटन गर्दै उनले विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षा गर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताएका हुन् ।

आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्र लगायत सबै प्रकारका विपद्को उच्च जोखिममा रहेका स्थानहरूको पहिचान गरी त्यस्ता क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न र त्यसमार्फत नागरिकलाई विपद्को पूर्वसूचना प्रवाह गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई उनले निर्देशन दिए ।

प्रदेशलाई प्रविधिमैत्री बनाउन के कस्तो कानुनी र नीतिगत प्रबन्ध गर्नुपर्छ र यसका लागि के कस्तो जनशक्ति तथा बजेटको व्यवस्था गर्नुपर्छ त्यसको प्रबन्ध गरिने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारले निर्माण गरेका यस्ता एप तथा पोर्टलहरुको प्रभावकारिताको बारेमा समय समयमा अध्ययन गर्न उनले निर्देशन दिए । ‘सरकारले यस्ता एपहरु बनाउने र केहि समयपछि निस्प्रभावी हुने हो भने बनाउनुको कुनै अर्थ हुँदैन,’ उनले भने, ‘त्यसैले यस्ता पोर्टलहरुको प्रभावकारिताको बारेमा अध्ययन गर्ने, यसले समाजमा पारेको सकारात्मक र नकारात्मक सबै प्रभावको बारेमा बेलाबेलामा अपडेट गर्नुपर्छ ।’

एक लाख रुपैयाँ लागतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको सो पोर्टलमा वाढीपहिरो आउने स्थानका नागरिकहरूलाई पूर्वसूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्स लगायत आकस्मिक सेवाका लागि फोन गर्न सकिने सुविधा समेत उपलब्ध छ । पोर्टलमा नागरिक सुझाव, गुनासो, स्थलगत आकस्मिक सम्पर्क, प्रक्रियागत अवस्थामा आधिकारिक भिडियो सम्बोधन, न्युज फिड लगायतका सुविधा छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *