कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

image search 1688108772973

पालिका सन्देश। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाएका छन्।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेश सभामा विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए। त्यसमाथि शुक्रबार मत विभाजन भएकाे हाे। उनको प्रस्ताव अस्वीकृत भएको सभामुख बाबुराम गौतमले प्रदेश सभामा घोषणा गरे।

EPIC EPIC EPIC EPIC EPIC

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ सांसद मात्रै उभिए। ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

प्रस्तावकाे विपक्षमा ४३ जना सांसद उभिए। मतदानमा ८९ सांसद सहभागी भएका थिए।

उनलाई नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले मत दिए। प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी (जसपा) विपक्षमा उभिए। प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्।

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यति वेला उनलाई माओवादी र जसपाले समर्थन गरेका थिए।

केन्द्रमा गठबन्धन फेरबदल भएसँग त्यसको असर प्रदेशमा पनि परेको हो। यसअघि पाँच वटा प्रदेश सरकार फेरबदल भएका थिए।

कोशीमा पनि माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मतको प्रस्ताव राखेका हुन्। उनले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकारले ढलेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *