कोशी प्रदेशमा साउनयता डेंगुबाट १७ जनाको मृत्यु ३० हजार बढी संक्रमित

साउनयता डेंगी संक्रमणबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ।३० हजार ३३० जना संक्रमित भएका छन्।

सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४३२ जना संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिइन्। 

EPIC EPIC EPIC

कोशीका १४ वटै जिल्लामा डेंगी फैलिएको छ। उनका अनुसार मोरङमा चार हजार २४२ जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ। झापामा दुई हजार ९६४ जना संक्रमित भएका छन्। झापामा दुई जनाको मृत्यु भएको उनले बताइन्। उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ।

गर्मी र बर्खायाममा डेंगी फैलिने गरेको छ। डेंगीका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन्। सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार भइरहेको छ।

साउनदेखि हालसम्ममा तेह्रथुममा २११, पाँचथरमा ३३८, इलाम ५३५, उदयपुर ८१६, धनकुटामा ४३२, भोजपुरमा ३३१, संखुवासभा ८६७, ओखलढुंगा ४०, ताप्लेजुङमा ३३, खोटाङमा ४५ र सोलुखुम्बुमा २० जना डेंगीका बिरामी फेला परेका छन्।

डेंगी सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगीको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। यद्यपि डेंगी संक्रमितको सङ्ख्या झन् बढ्दो रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च