कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले गर्‍यो उद्यमशीलता, रोजगारी र आयोजना हस्तान्तरण कार्यविधि स्वीकृत

विराटनगर।  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गर्ने लगायतका चारवटा निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतरमण भण्डारीले आज बसेको मन्त्रीपरिषद् वैठकले चारवटा महत्वपुर्ण निर्णय गरेको जानकारी दिएका हुन्। 

कोशी प्रदेश सरकारका प्रवक्ता भण्डारीले बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरे , कोशी जनता आवास कार्यक्रम कार्यविधिलाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषदको बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

EPIC EPIC EPIC

 सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२ लाई स्वीकृत गर्ने निर्णय समेत आजको मन्त्रीपरिषद्को बैठकले गरेको पनि भण्डारीले जानकारी दिए । त्यसैगरी बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भई आउनुभएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा कामकाजमा खटाउने निर्णय समेत गरेको प्रवक्ता भण्डारीले जनाएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *