कोशी प्रदेश स्काउट आयुक्तमा हेमन्त भण्डारी नियुक्त

विराटनगर। नेपाल स्काउट, कोशी प्रदेशको प्रदेश आयुक्तमा धरान १६ निवासी स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् ।

नेपाल स्काउट कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा स्काउटर हेमन्त भण्डारीलाई नियुक्त गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश परिषद सदस्यहरु मध्ये एक जना सदस्यलाई प्रमुख स्काउटले प्रदेश आयुक्तमा मनोनयन गर्ने कानुनी व्यवस्था छ । २०६४ सालमा सुनसरी क्रीयुमा रोभर तहमा प्रवेश गरी स्काउट क्षेत्रमा उदाएका भण्डारी विस २०७१ सालमा पुर्वान्चल विकास क्षेत्रको युवा परिषदको अध्यक्ष भएका थिए। विस २०६७ सालमा झापाबाट स्काउट आधारभुत तालिम लिएर स्काउट लिडर बनेका भण्डारीले विस २०७१ सालमा एड्भान्स स्काउट तालिमका साथै कब स्काउट आधारभूत तालिम समेत लिएका छन् ।

प्रदेश आयुक्तका रुपमा उनको ४ वर्षे कार्यकाल हुनेछ। प्रदेश आयुक्त नियुक्तिपछि स्काउटको विकास र विस्तार गर्दै प्रदेशवासी युवा तथा बालबालिकाहरुको हितमा लाग्ने भण्डारी बताउछन।

स्काउटले सरकारी विद्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयका विद्यार्थी र स्थानीय क्लबका सदस्यहरूलाई आफ्नो सदस्यता वितरण गर्नुका साथै अतिरिक्त क्रियाकलाप गर्ने, सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने गर्दछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *