पालिका सन्देश। कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा मूल समारोह तथा ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रम प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षता र प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

समारोहमा स्काउट गतिविधिको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न स्थानीय तहका स्काउट संरक्षक र प्रमुख स्काउट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा:
स्थानीय स्काउट संरक्षकहरू:
१. दिलप्रसाद राई – बेलवारी नगरपालिका
२. मेवाहाङ्ग थोप्रा (रोशन) – शिवसताक्षी नगरपालिका
३. रमेश कार्की – बराहक्षेत्र नगरपालिका
स्थानीय प्रमुख स्काउटहरू:
१. श्री प्रमिला न्यौपाने तिवारी – कमल गाउँपालिका
२. श्री कृष्ण कुमारी पोख्रेल निरौला – लेटाङ नगरपालिका
३. श्री अस्मिता थापा – लिखु गाउँपालिका
सम्मानित स्थानीय स्काउट कार्यालयहरू:
- धरान उपमहानगरपालिका
- गौरादह नगरपालिका
- फाकफोकथुम गाउँपालिका
सम्मानित स्काउट दलहरू:
१. श्री बरुनेश्वर स्काउट दल – मोलुङ गाउँपालिका, ओखलढुंगा
२. श्री सरस्वती स्काउट दल – सिरिजङ्गा गाउँपालिका, ताप्लेजुङ
३. श्री हिमालय स्काउट दल (आङ्ला) – खाँदवारी नगरपालिका, संखुवासभा
४. श्री सरस्वती स्काउट दल – हलेसी तुवाचुङ नगरपालिका, खोटाङ
यस अवसरमा नेपाल स्काउटले सञ्चालन गरेका विभिन्न परियोजनाका प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय परिषद सदस्य श्री रवि खनाल, श्री नवल प्रसाद उपाध्याय, श्री निर्मला अधिकारी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव श्री दामोदर फुयाल, नेपाल स्काउटका राष्ट्रिय तथा सहायक राष्ट्रिय प्रशिक्षक, स्काउट लिडर, रोभर/रेन्जर स्काउटहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन प्रदेश अधिकृत श्री नवराज घिमिरेले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त श्री समर्पण खतिवडाले दिनु भएको थियो।