कोशी र मधेसमा भारी वर्षाको सम्भावना, देशभर मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने

झापा। कोशी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायु सक्रिय भइसकेको छ भने देशका बाँकी ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार देशभर विभिन्न स्थानमा पानी पर्ने तथा कोसी र मधेस प्रदेशमा भारी वर्षासमेत हुने सम्भावना छ। 


आज दिउँसो: कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

EPIC EPIC EPIC EPIC

कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। 


आज राति: कोशी प्रदेश र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *