Search
Close this search box.
Search
Close this search box.

कोसी सरकारले गर्‍यो खेलकुद पत्रकार र खेलाडीलाई सम्मान

विराटनगर। कोसी प्रदेश सरकारले पत्रकारसहित हालै सम्पन्न अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदकप्राप्त खेलाडी तथा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने २०० जनालाई सम्मान गरेको छ ।

कोसी प्रदेश खेलकुद बोर्डले आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा खेल क्षेत्रमा कलम चलाउने पत्रकार नवीन अर्याल, किशोर बुढाथोकी, चुमन बस्नेत, पुष्पराज थपलिया, भूमिका पाख्रिन र भूमिराज पराजुलीलाई नगदसहित सम्मान गरियो ।

EPIC

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडी तथा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान गरे । त्यस अवसरमा कार्कीले क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल भए पनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलिबलजस्ता अन्य खेलकुदका विधाहरूमा सोचे जसरी विकास हुन नसकेको बताए ।

“राज्यको पुनर्संचनासँगै अहिले स्थानीय, प्रदेश र संघबाट खेलकुदको विकासका लागि केही पहल र प्रयत्नहरू भएका छन्,” उनले भने, “यद्यपि, खेलकुदको विकासका लागि तिन तहबीच समन्वयात्मक पहल भने हुन सकेको छैन । यस कारणले पनि खेल क्षेत्र पछाडि परेको महसुस भएको छ ।”

कार्कीले कोसी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको प्रदेशस्तरीय रंगशाला बनाउने, विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रंगशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने, इन्डोर र आउटडोर खेलका संरचनाहरू विराटनगरमा निर्माण गरिने तयारी भइरहेको सुनाए ।

उनले झापामा आदिवासी जनजाति रंगशाला निर्माण गरेर अन्तर्राष्ट्रिय खेलकुदको थलोको रूपमा विकास गर्न नेपाल सरकारसँग आवश्यक पहल भइरहेको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *