को हुन् केन्द्रीय क्याम्पसमा बागी उठेकी पद्मा ?

काठमाडौं । त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू सभापतिमा पद्मा भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । नेविसंघबाट विद्रोह गर्दै बागी उठेका ७ उम्मेदवारमध्ये पद्मा एक हुन् ।

केन्द्रीय क्याम्पस स्ववियूमा कोषाध्यक्षको जिम्मेवारी पूरा गरेकी पद्मा बायोटेक्नोलोजी र ग्रामीण विकासकी विद्यार्थी हुन् । स्याङजाकी उनले समानता, विद्यार्थी एकता, लैङ्गिक विभेद अन्त्य, भ्रष्टाचारमुक्त प्रशासन, अपाङ्गमैत्री भौतिक संरचना, २४ सै घण्टा सुरक्षित र शान्तपूर्ण विश्वविद्यालय क्षेत्र, व्यवस्थित र सुरक्षित छात्रावास विभेदमुक्त र नियमसंगत छात्रवृत्ति कोष राजनीतिक हस्तक्षेपमुक्त र निष्पक्ष कर्मचारी र पदाधिकारी नियुक्तिलगायतका एजेण्डा सारेकी छन् ।

EPIC EPIC EPIC

उनले निरन्तर स्ववियूमा महिला नेतृत्वको कुरा उठाउँदै आएकी थिइन् । उनले आफूलाई जिताएर विश्वविद्यालयमा महिला नेतृत्वको इतिहास रच्ने भन्दै आफूमाथिको विश्वास र ममाथिको भरोसामा आँच आउन नदिने साथै गर्व गर्न लायक काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *