सांगीतिक समुह ‘नेपथ्य’ ले पहिलो पटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ ।
निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको दी प्यालेस थिएटरमा उभ्याउने छ ।
त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरको दी भोग थिएटरमा हुनेछ । यी दुवै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शकमाझ हुनेछ । अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल म्यासी हलमा प्रस्तुत हुनेछ ।