क्रिकेटको उपाधि कर्णाली एजुकेसन फाउण्डेशनलाई

बुद्धशान्ति (पालिका सन्देश) । झापाको बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको प्रथम बुद्धशान्ति गाउँपालिका अन्तर मावि (कक्षा १० सम्म) टी १० छात्र नकआउट क्रिकेट प्रतियोगिताको उपाधि बुद्धशान्ति–१ को कर्णाली एजुकेशन फाउण्डेसनले उचालेको छ । कर्णाली एजुकेशन फाउण्डेसनले गढिगाउँ माविलाई ३४ रनले पराजित गर्दै उपाधि चुमेको हो ।


उपाधि चुमेसंगै कर्णाली एजुकेशन फाउण्डेसनले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको गढिगाउँ माविले नगद ८ हजार, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १० ओभरमा १ विकेट गुमाउँदै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कर्णालीका लागि साजन गदाईलीले १४ बलमा ४४ रन बनाएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC


जवाफी ब्याटिङमा उत्रेको गढिगाउ माविले निर्धारित १० ओभर खेल्दै ९ विकेट गुमाएर ७१ रन मात्र बनाउन सफल भयो । गढिगाउँका लागि अनिश सुनुवारले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोर अङ्कमा रन बनाउन सकेनन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी साजन गदाईली, फाइनल खेलको म्यान अफ दि म्याच बिजेता टिमका साजन गदाइली, उत्कृष्ट ब्याटर कर्णालीका ब्रेन्सन मगर, उत्कृष्ट बलर ज्योती अंग्रेजÞी माविका प्रवेश न्यौपाने, उत्कृष्ट विकेट किपर लालिगुराँस एजुकेसन एकेडेमीका पुस्कार श्रेष्ठ घोषित भएका थिए ।


बुद्धशान्ति–३ स्थित पेट्रोल पम्प अगाडिको खेलमैदानमा आइतबार देखि सुररु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका चारवटा संस्थागत र सातवटा सामुदायिक गरी ११ वटा विद्यालयले सहभागी जनाएका थिए ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षता आयोजित समापन सत्र कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समिति संयोजक एवम् वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, वडा नं २ की कार्यवाहक वडा अध्यक्ष सञ्जु पौडेल, वडा नं ४ का वडा अध्यक्ष शेरबहादुर राय लगायत वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, खेलकुद बिकास समितिका पदाधिकारी, सामाजिक संस्थाका प्रमुख, क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *