विराटनगर। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीकी आमाको निधनप्रति दुःख प्रकट गरेका छन्।
राज्यमन्त्री राजवंशी आज बिहान विराटनगर–१४ जतुवा स्थित राजवंशी निवासमा पुगेर ललित र उनका परिवारजनसँग भेटी शोक संवेदना व्यक्त गरेका हुन्।
दिवंगत आमाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न भगवानसँग प्रार्थना गरेका छन्। राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजवंशीकी आमा शुभकुमारी राजवंशीको हिजो निधन भएको थियो।