मन्त्री किराँतीको क्रिश्चियन धर्म नमान्नेलाई हत्कडी लगाएर जेल हाल्ने अभिव्यक्तीप्रति राप्रपा निकट युवा संगठनकाे आपत्ति

Sudan Kirati

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

संगठनका संयोजक सुजित केसीले मन्त्री किराँतीको क्रिश्चियन धर्म मान्दिन भन्नू सविधानलाई मान्दिन भन्नू हो, सविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशदोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हाल्दिने हो भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई प्रोत्साहन गर्ने गरि तथा अन्य धर्म र धर्मावलम्बीलाई धम्काउने शैलीमा दिएको अभिव्यक्ति भत्सर्ना योग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, हिन्दु युवा सबै धर्मलाई सम्मान गर्छौं तर क्रिश्चियन धर्मलाई मान्दैन, यदि हामीले क्रिश्चियन धर्मलाई नमानेकै कारण देशद्रोही हो भने हत्कडी लगाएर जेल हाल्नसमेत मन्त्री किराँतीलाई चुनौती दिन चाहान्छौं ।

मन्त्री किराँतीलाई तत्काल बर्खास्त गरि विद्यमान कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी प्रशासनलाई माग गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *