क्षति न्यूनीकरण गर्न चुरेक्षेत्रमा ९ जेसीवी

बिष्णुप्रसाद लामिछाने(पालिका सन्देश)-बुद्धशान्ति / बुद्धशान्ति ४ र ५ को सिमानाको रुपमा रहेको टिमाई खोलाको धार परिवर्तन गर्न ९ वटा जेसीवी लगाइएको छ।

बुद्धशान्ति गाउँपालिकाको निर्देशन र स्थानीय जेसीवी संचालकको निशुल्क सहयोगमा टिमाइ पुलको उत्तर भागमा नदिको धार सोझ्याइएको हो।

EPIC EPIC EPIC

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंका अनुसार शान्तिनगरको मुख्य प्रबेशमार्गको रुपमा रहेको टिमाई पुल नदिकटानका कारण जोखिमपूर्ण अवस्थामा रहेकाले जेसीवी प्रयोग गर्नुपरेको बताए।

“मुख्यगरी पुलको संरक्षण र खोलाले बर्षायाममा पुर्याउन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न यो कदम चालेका हौं, इन्जिनियर र बिज्ञको सुझाउ अनुरुप हामी काम गरिरहेका छौं, उनले भने।

उनका अनुसार गाउँपालिकाले आउँदो हिउँदबाट नै काम गरेर ५ बर्षभित्र बुद्धशान्तिका सबै खोलानालालाई नियन्त्रण र संरक्षण हुनेछन्।’हामी बिषयबिज्ञ र वातावरणविदलाई ल्याएर बृहत छलफल गर्दै थप कार्यक्रमहरु ल्याउने छौं’, अध्यक्ष प्रसाईंले भने।
गाउँपालिकाले बिषयबिज्ञ र इन्जिनियरसँग छलफल गरिएको भनेपनि आज उत्खनन हुँदै गर्दा गाउँपालिका इन्जिनियरको उपस्थिति थियो,जो भु-गर्भविद वा वातावरणविद नभइ सिभिल इन्जिनियर मात्रै हुन्।

टिमाई खोलाले बार्षिक रुपमा ५० औं बिघाहा खेतीयोग्य जमिन कटान गर्दै आएको छ।नदिको दक्षिणी क्षेत्रमा नदिजन्य सामाग्री उत्खनन हुँदा यो क्रम अझ बढेको स्थानीयको बुझाई छ।

स्थानीय रामप्रसाद गिरी खोलाको ट्र्याक सोझ्याउने यस्ता अल्पकालीन गतिविधि उपलब्धिमुलक नहुने जिकिर गर्छन्। उनी भन्छन्, ‘बर्षौ देखिको कटानले हाम्रो धनीपुर्जा भएको जग्गा बगर बनेको छ,तटबन्ध र जालिको प्रयोग गर्न सके केहि सुधार हुन्थ्यो तर यसरि खोला गहिर्याउँदा अझ क्षति हुने पो हो कि?’

अर्का स्थानीय पर्शुराम मगर भने पुल जोगिने कुराले खुशि छन्। “यो टिमाई भनेको बौलाहा खोला हो,बाढि आउँछ तहसनहस बनाउँछ फेरि सुक्छ तर अहिले खोलालाई ट्र्याकमा मात्रै ल्याउन सक्दा पनि पुल चाँही जोगिने कुरा पक्का हो।”

त्यस्तै सबैपक्षसँग छलफल गरी तत्कालीन समस्या समाधानका लागी यो ट्र्याक खनिएको गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले बताए। ‘हामीले सबैपक्षसँग छलफल गरेर यो कार्यक्रम ल्याएका हौं,यसले पक्कै फाइदा नै गर्छ’ उपाध्यक्ष खतिवडाले भने।

तर गाउँपालिकाले आज ट्र्याक खनेको भनिएका क्षेत्रमा रहेका पैनि संचालक समितीलाई खबर नगरी जेसिवी चलाइएको उपभोक्ताले गुनासो गरे। ‘हामीलाई थाहा नै छैन,दिउँसो मात्रै खबर आएर गएको,खनिसक्नु भएको रहेछ’ नाम नबताउने सर्तमा एक कृषकले गुनासो गरे।

गाउँपालिकाले पुल सरक्षणका लागी यो कदम चालेको बताएपनि यो दीर्घकालीन समाधान भने पक्कै होइन।

झन्डै १० बर्षदेखी कुनैपनि नदिजन्य सामाग्री उत्खनन नभएको टिमाई पुल उत्तरको क्षेत्रमा जेसिबि प्रयोग गर्दा सो क्षेत्रको सरचना कमजोर भइ समस्या अझ बढ्न सक्ने जानकारहरु बताउँछन्।

बुद्धशान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेल पनि खोलाको ट्र्याक सफाईले समाधान ननिसक्ने बताउँछन्।
आफुले पनि यस अघि यो अभ्यास गरेर सफल नभएको बताए ।

उनी भन्छन्, ” हामीलाई पनि त्यो बेला थाहा भएन,अघिल्लो दिन ट्र्याक खोलेर कार्यलय फर्कियौ २ दिनपछि पुग्दा खोला त वारपार छ”।

आफ्ना अनुभव सुनाउदै भुजेलले तटबन्ध, तारजालि र चेक ड्याम बनाउन सकेमात्रै खोलालाई नियन्त्रण गर्न सकिने बताउँछन् ।

‘हामीले पछि भुगर्भविदसँग परामर्श लिँदा चेक ड्याम लगाउनुस भने, लगत्तै हामिले टिमाई पुल दक्षिणमा वारपार जालिको ड्याम कस्यौ जसलेगर्दा अहिलेसम्म पुल हल्लिएको छैन’ उनले भने।

हरेक बर्ष जिल्ला समन्वय समितिले करोडौं रुपैयाँमा खोला ठेक्का लगाएपनि यसबाट हुने क्षति न्यूनीकरणमा काम गरेको देखिदैन।

यसरी वातावरणविदसँगको सल्लाह बिनानै खोलामा जेसीवी प्रयोग गरि उत्खनन गर्दा सो क्षेत्रको माटो कमजोर हुने र नदिजन्य सामग्री बगेर जाने कुरा स्वभाविक हो। त्यसतर्फ स्थानीय निकायका प्रतिनिधिहरुको ध्यान जान आवश्यक देखिन्छ।

त्यसमा पनि चुरे क्षेत्रका खहरे खोलामा अन्धाधुन्ध उत्खनन हुँदा खानेपानी र पैनिका मुहानहरु सुकिरहेका छन भने नदि गहिरिएर गएका छन्।

त्यसो त,बुद्धशान्ति भएर वग्ने खोलाको अधिकांस भाग चुरे क्षेत्रमा पर्ने र सो क्षेत्रमा नदिजन्य सामग्री उत्खननमा सरकारले रोक लगाएसँगै यसको प्रत्यक्ष फाइदा सिमावर्ति मेचिनगरपालिकाले लिइरहेको छ।

मेचिनगरपालिकाले हरेक बर्ष खोला ठेक्का लगाँउदा उत्तरी क्षेत्रमा रहेका पानीघट्टा,गडिगाँउ,ऐयावारी लगायतका गाउँहरु जोखिममा पर्दै आएका छन् भने खोलालाइ ट्रयाकमा ल्याउन गरिने यस्ता गतिविधिले अरु क्षति बढाउने त होइन?

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च