खानेपानीमन्त्रीप्रति प्रश्न उठाउँदा पक्राउ परेकी किरण साह ५ हजार धरौटीमा रिहा

खानेपानीमन्त्री प्रदीप यादवको पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदा पक्राउ परेकी किरण साह पाँच हजार धरौटीमा रिहा भएकी छिन्। साहविरुद्ध सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेपछि अदालतबाट उनी पाँच हजार धरौटीमा रिहा भएकी हुन्।

उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुरको मुद्दामा म्याद थप भएर अनुसन्धान भएको थियो। पछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा मात्र मुद्दा दर्ता गरेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

पर्सा जिल्ला अदालत ९ नम्बर ईजलाशका न्यायाधीश कमलकान्त जोशीले उनलाई धरौटीमा छाड्न आदेश गरेको सूचना अधिकारी रामनरेश महतोले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा फाइल बुझाएपछि बिहीबार जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भएर थुनछेक बहस भएको थियो। साहको तर्फबाट अधिवक्ता अजय स्वर्णकार, राकेश मल्लिक र बिनोद कुमार मल्लिकले बहस गरेका थिए।

साहसँगै रौतहटका पत्रकार अभिमन्नु पटेल भन्ने अभिमनु राउतमाथि पनि सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ। पत्रकार राउतले नै पहिलोपटक आफ्नो सामाजिक संजालमार्फत साह र मन्त्रीबिचको अडियो सार्वजनिक गरेका थिए। साहको तर्फबाट पर्साका तिन जना अधिवक्ताहरुले बहस गरेका छन्।

मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहको जाहेरीको आधारमा प्रहरीले कलैया उपमहानगरपालिका–२६ सिस्वा महेशपुर स्थायी घर भई वीरगन्ज– १३ मुर्ली बस्दै आएकी साहलाई गत शनिबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *