खाेप लगाएका व्यक्तिकाे विवरण २१ गते दिउँसाेसम्म उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे ताकेता

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ताकेता गरेको छ ।

२४ लाख डोज खोप हराएको भनेर आलोचना भइरहेको बेला मन्त्रालयले आज साेमवार सूचना निकालेर आउँदो शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म तथ्याङ्क उपलब्ध गराउन भनेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

मन्त्रालयले निकालेको सूचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लामा रहेका ७७ वटै स्वास्थ्य कार्यालय र सात सय ५३ वटै पालिकालाई डीएचआईस–२ प्रणालीमा अनिवार्य तथ्याङ्क प्रविष्ट गर्न भनेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *