Search
Close this search box.
Search
Close this search box.

खुलेको चार दिनमै किन बन्द भयो लाइसेन्सको अनलाइन आवेदन ?

काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ । मर्मतका लागि भन्दै बिहीवारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो। 

EPIC EPIC EPIC

विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुल्ला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।

उनले लाइसेन्स आवेदन खुल्ला गर्नासाथ करिब ९/१० लाख मानिसले एकैचोटी फारम भर्ने प्रयास गर्दा बुधवारदेखि सर्भर पूर्ण रुपमा बन्द रहेको बताए। प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले जती सक्दो चाँडो आवेदन खुलाउने उनले बताए ।

अझै सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका साढे ३ लाख बढी लाइनमा छन् । यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबै भन्दा बढी छ।

उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् । विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरुको पालो पहिले आउने बताए। 

उनले हालै आवेदन दिएकाहरूको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिए।

विभागले हाल नयाँ मापदण्ड अनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ। नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।

Bidh lab
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *