खै भन्न नि के भनुँ म -सुनिल गौतम

20230303 183751

खै भन्न नि के भनुँ म                                  
कसरी भनुँ 
मानवता हराएको मेरो समाज 
मानिस दुर्घटनामा हुँदा  समेत      
कसैलाई नहुने बचाउनुपर्ने आभास
सबलाई भाइरल भै पाउनुपर्ने स्याबास
वाह क्या छ मेरो समाज

एउटा युवाले बियर मागे मर्द ठान्ने मेरो समाज
त्यही युवा आइ दूध मागे मुर्दा ठान्छ मेरो समाज 
महिला महिनावारी भइ नछुने भएको देख्ने तर त्यही महिला छाउपडीमा हुँदाको 
पीडा नदेख्ने मेरो समाज 
महिला भएकै कारण, आफ्नो इच्छा, आफ्नो सपना 
सबै मारी एउटा अँध्यारो बन्द कोठा मा कैद हुनुपर्ने मेरो समाज 
महिला हक बारे बोल्न नपाउँदै त्यसलाई पूर्ण बिराम लाउन खोज्ने मेरो समाज 
वाह क्या छ मेरो समाज ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

शिक्षकद्वारा विद्यार्थी बलात्कृत 
बाउ ,काका ,बढाउद्वारा छोरी बलात्कृत हुने 
रक्षक नै भक्षक भएको मेरो समाज 
कलाकार र खेलाडीहरू जेलमा 
अपराधी खुलेआम chill मा
बाध्यताले विदेश जादा यसले 
देशलाई माया गरेन भन्ने मेरो समाज 
वाह क्या छ मेरो समाज!

बोली नफुटे केही नसुने जस्तो गर्ने मेरो समाज 
एउटा चेली बलात्कार हुँदा समेत केही बार्गेनिङ नमिलेर 
बलात्कार भनी भन्ने मेरो समाज 
पवित्र प्रेम गर्ने कयौं नवराज बिकहरुले तल्लो जाती भएकै कारण मर्नु पर्ने जातीय विभेद 
भएको मेरो समाज ।
दाइजो नपाए विवाह नहुने मेरो समाज 
अन्न उत्पादन गर्ने किसान भोकमरीले मर्नु पर्ने अवस्था भएको मेरो समाज 
व्यापारिले चर्को ब्याज तिर्न नसकेर आत्मदाह गर्नु पर्ने अवस्था भएको मेरो समाज 
वाह क्या छ मेरो समाज!
वाह क्या छ मेरो समाज।                                                                

  -सुनिल गौतम

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *