शिर्षक- खोइ हिमालमा हिउँ?
खोइ त हिमालमा सेता चादर,
जहाँ सधैं रमाउँथे पक्षीका झुण्ड?
माछापुच्छ्रे टल्किन्थ्यो चाँदीझैं,
तर आज किन देखिन्छ केवल दागझैं?
घाममा टल्किने ती हिउँका धाराहरू,
कसरी हराए अब सन्तुलनका आधारहरू?
हिजोको कथा आज किन ओझेलमा,
हिउँको पर्वत आज किन खडेरीमा?
पिघ्लिँदैछन् सौन्दर्यका पहाडहरू,
हामी कहाँ चुक्यौं, हामी कहाँ हार्यौं?
माछापुच्छ्रेको गर्व किन ढल्दैछ,
हाम्रो व्यवहारले हिमाल किन बल्दैछ?
दोषी छ केबल तापक्रमको वृद्धी?
कि दोषी छ हाम्रो लोभ र अस्मिताको लिप्सा?
कहिले सोध्ने हामीले आफ्नै मनलाई,
के हिमालले हामीलाई सोधिरहेको छैन, ‘किन मलाई?’
जल बगे पनि आत्मा त सुक्दैछ,
हरेक पग्लिएका छालसँग इतिहास झुक्दैछ।
माछापुच्छ्रे पनि पग्लिन थाल्यो,
हिउँको रंग युगको कहानी बन्यो।
अब पनि समय छ, सोचौँ,
पुगौँ फेरि त्यो हराएको रङ्ग खोज्न।
हिमालको हिउँ फिर्ता ल्याउन,
हाम्रो कर्मलाई बदल्न, हामीले शपथ गर्न।
खोइ हिमालमा हिउँ? प्रश्न जटिल छ,
तर उत्तर हामीभित्रै कतै अवस्थित छ।
-नवीन उप्रेती
One Response
गज्जब मिठो कविता