खोटाङको विद्यालयहरुमा शिक्षकको मापसे परिक्षण गरिने-पालिका सन्देश

simpani campus khotang

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकका लागि मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद निर्णय गरेको छ ।

कक्षा सञ्चालनको समयमा विद्यालयका शिक्षकले नियमित मापसे गरेर कक्षामा आउने गरेको विद्यार्थीको गुनासोपछि नगरपालिकाले शिक्षकको मापसे परीक्षणका निमित्त उपकरण खरिद गर्ने भएको हो ।

EPIC EPIC EPIC

नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात वटा ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् । मापसे परीक्षण गर्ने उपकरण नगरपालिकाभित्रका छ वटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय भएको पनि उनले बताईन् ।

विगतमा पनि वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना रहेको बताउँदै राइले कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा उपस्थित हुने गरेको गुनासो रहेको बताइन् । यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । मापसे गरेर सार्वजनिकस्थलमा होहल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ ।

मापसे परीक्षण गर्ने उपकरण अभावमा हालसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर मापसे जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि मापसे जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ ।

मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले मापसे गरे/नगरेको पत्ता लगाउन समेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *