भद्रपुर। मेचि नदिले बगाएको भद्रपुर नगरपालिका-३ रंगिला चौक बस्ने भुपाल भुजेलका १९ बर्षिय छोराको समुएल भुजेलको शव पेला परेको छ।
सोमबार दिउँसो साढे ४ बजेको समयमा समुएल र उनका साथी भद्रपुर नगरपालिका-५ को नर्सिङ बगान नजिकै बाट नदि तरेर भारततर्फ जाने क्रमा समुएललाई भने खोलाले बगाएको थियो।
समुएललाई बगाएको स्थानबाट करिब ७ किलोमिटर दक्षिण भद्रपुर-३ को मेची खोलाको दोभानमा आज मंगलबार बिहान ७ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए।