Search
Close this search box.
Search
Close this search box.

खोला किनारमा सडेको अवस्थामा बेवारिसे शव फेला

गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर ४ काे लुम्दीखोलास्थित वडिगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभाट चौंधरीले जानकारी दिए ।

उनका अनुसार, सडेको अवस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भइरहेको छ । निजको शवलाई इलाका प्रहरी कार्यालय जोहाङ्गको टोलीले स्थलगत मुचुल्का तयार गरि पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाएको छ ।

EPIC

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *