📝 सी.एम ढुङ्गेल
ए ! तिमी आउ वा नआउ फरक पर्दैन ।।
देउ दुख मलाई अनि सताउ फरक पर्दैन ।।
पटक पटक हारेर नै हिम्मत बटुलेको छु,
जीत तिमी अनि मलाई हराउ फरक पर्दैन ।।
गाडी जस्तै जिन्दगीनै पम्चर भएको छ,
अब लडाउ वा अगाडि बढाउ फरक पर्दैन ।।
जन्मे पछि मर्नु पर्छ तिम्ले अनि मैले पनि ,
अपुरा सपना जोड वा घटाउ फरक पर्दैन ।।
खुसी हैन दुख दिनेको जमात छ मेरो सामु,
आउ तिमी घुर्क्याउ वा रुवाउ फरक पर्दैन ।।
बोनस शेर
खोइ कस्ले के गर्छ कुनै मतलब छैन मलाई ,
अब अमृत देउ वा बिषै पिलाउ फरक पर्दैन ।।