Search
Close this search box.
Search
Close this search box.

गन्धर्व जातिको ऐतिहासिक उद्गमस्थलमा कचनकवलका सांस्कृतिक टोलीलाई सम्मान

गोरखा। गन्धर्व जातिको ऐतिहासिक भूमि र उद्गमस्थलका रूपमा परिचित गोरखा जिल्लाको पालुङटार नगरपालिकाले पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाज कचनकवल २, पथरिया, झापा संस्थाका टोलीलाई विशेष सम्मान गरेको छ। पालुङटार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा टोलीलाई झ्याले आखारको मायाको चिनोसहित सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा नगर प्रमुख विवस चिन्तनले पालुङटार र गन्धर्व जातिको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै सांस्कृतिक टोलीप्रति उच्च सम्मान व्यक्त गरेका थिए। उनले गन्धर्व जातिको सांस्कृतिक उत्थानका लागि पालुङटार नगरपालिका प्रतिबद्ध रहेको बताए।

EPIC EPIC EPIC

नगर प्रमुखले भने, “गन्धर्व जातिको ऐतिहासिक महत्व पालुङटारसँग जोडिएको छ। यहाँको सांस्कृतिक सम्पदा संरक्षण गर्न हामी विशेष पहल गर्नेछौं।”

यस क्रममा टोलीले पालुङटारलाई गन्धर्व जातिको वास्तविक उद्गमस्थलका रूपमा अनुभव गरेको बताए। टोलीका सदस्यहरूले यहाँ आइपुग्दा गौरवको अनुभूति भएको जनाएका छन्।

त्यसैगरी, गन्धर्व जातिको उद्गमस्थलका रूपमा कास्की जिल्लाको बाटुले चौरलाई मानिने विगतका दाबीहरू गलत भएको भन्दै पालुङटारले यस सम्बन्धमा ऐतिहासिक प्रमाण प्रस्तुत गरेको छ।

कार्यक्रममा पालुङटार नगरपालिकाका अधिकारीहरू, गन्धर्व समुदायका अगुवाहरू र सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक टोलीले पालुङटारको यो सम्मान र सहयोगका लागि नगरप्रति आभार व्यक्त गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *