गर्भवती पत्नीको हत्या गरेर सडकमा गाड्ने इलामका गिरी पक्राउ

इलाम फाकफोकथुम गाउँपालिका–३, आमचोकको सल्लेरीका युवक उमेश गिरीले पत्नी बेपत्ता भएको भन्दै चैत १ मा आमचोक प्रहरीमा निवेदन दिए। १९ वर्षीया गर्भवती विमला कट्टेल (गिरी) हराएको सूचना पाएपछि प्रहरीले विशेष टोली बनाएर उनको खोजतलास गर्‍यो।

दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा करिब ४५ मिनेटको पैदल दूरीमा रहेको कच्ची बाटोको बिच दाहाल गोलाई (धार्नेखोप) मा विमलाको शव माटोमुनि गाडिएको पायो।

EPIC EPIC EPIC

तर, गर्भवती विमलालाई एक्स्काभेटर नै प्रयोग गरी सडकको बीचमा लगेर गाड्ने अरू कोही नभएर एक वर्षअघि ‘सँगै जिउने–सँगै मर्ने कसम’ खाएका उनै उमेश थिए।

विमला हराएको घटनाको अनुसन्धानक्रममा प्रहरीले उमेशलाई केही दिनअघि नै नियन्त्रणमा लिइसकेको थियो। र, विमलाको शव बिच सडकमा गाडिएको पनि उमेशले नै देखाएपछि घटनाको रहस्य खुलेको हो।

विमलाको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले इन्स्पेक्टर रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको छ।

प्रहरीको अहिलेसम्मको अनुसन्धानअनुसार उमेश विवाहेत्तर सम्बन्धमा रहेको र त्यसैकारण पत्नी हत्या गरेको हुनसक्ने देखिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले त्यसअघि पनि घरमा पति–पत्नीको सामान्य घरझगडा हुनेगरेपनि हत्याको धम्की दिनेगरेको चाहिँ नखुलेको बताए। 

‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाँऔं भनी घरबाट लगेको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘उमेशको बयानअनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छ, पत्नी सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेको र खाडल खनेर गाडेको देखिन्छ।’

गर्भवती पत्नीको हत्या गरी सडकको बीचमा लगेर गाड्ने जस्तो संवेदनशील घटनाले आफू पनि चकित भएको एसपी कोइराला बताउँछन्। ‘घटनाको प्रकृति हेर्दा यो सामान्य हत्या मात्रै होइन,’ एसपी कोइरालाले भने, ‘गर्भवती पत्नीको हत्या गरेर बिच सडकमा गाड्नु अत्यन्त्र हिंस्रक र गम्भीर प्रकृतिको घटना हो। विस्तृत अनुसन्धान गरिरहेका छौं।’ पक्राउ परेका उमेश एक्स्काभेटर चालक हुन्।

घटनामा उमेशबाहेक अरूको संलग्नता अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। आरोपित उमेशलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *