झापा। सरकारले गहुँको समर्थन मूल्य तोकेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३६५०.१४ रुपैयाँ निर्धारण गरेको छ ।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनःसंरचना सहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गर्दै बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी संख्या ६८ वटा कम हुने जनाइएको छ ।