झापा। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहेको छ। यस अवधिमा अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ।
विभागद्वारा सार्वजनिक गरिएको पछिल्लो वर्षा तथ्यांकअनुसार कोशी, मधेस र बागमती प्रदेशका विभिन्न स्थानहरूमा मध्यम खालको वर्षा मापन गरिएको छ। विशेषगरी पूर्वी नेपालका केही क्षेत्रमा भने भारी वर्षा भएको पुष्टि भएको छ।
विभागका अनुसार राति उदयपुरको गाईघाट, झापाको दमक र अनारमनीस्थित वर्षा मापन केन्द्रहरूमा धेरै भारी वर्षा रेकर्ड गरिएको छ।
भारी वर्षाका कारण ती क्षेत्रका नदी तथा खोलाहरूमा पानीको बहाव उच्च भएकोले सतर्क रहन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।