गाई काट्ने “हाउडे” पक्राउ

गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका –९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ बर्षिय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबार बिहान ३ बजेको समयमा आरुघाट गाउँपालिका –९ स्थित सुन्दरबस्तीका आइतसिं बिकले पालेका ४ बर्षे गाईलाई गोठमा बाँधिरहेको अबस्थामा फुकाएर लगि आरुघाट गाउँपालिका –९ बुढीगण्डकी नदी किनारमा खुकुरी र दाउ प्रयोग गरी हानेर मारेको जाहेरी परेको छ । आरोपी हाउडे भन्ने सबिन बिकलाई शुक्रबार आरुघाटबाट खटिइ गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

EPIC EPIC EPIC

घट्नास्थलबाट गाई मार्न प्रयोग भएका हातहतियार खुकुरी र दाउ, गाईको टाउको, खुट्टा प्रहरीले बरामद गरी प्रमाणको रुपमा पेश गरेको जनाएको छ । पक्राउ परेलगत्तै हाउडे भनिने सबिन बिकलाई शुक्रबार पशुपंक्षीसम्बन्धी कसुर शीर्षकमा मुद्दा दत्र्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थपी गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च