Search
Close this search box.
Search
Close this search box.

गाई मारेको अभियोगमा बैतडीबाट एकजना पक्राउ

image search 1680000003187

बैतडी – बैतडीमा गाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका रमेश भुललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भुलले सोमबार साँझ आफ्नै घरमा पालेका ३ ओटा गाईलाई मारेको खबर प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

EPIC

मदिरा सेवन गरेर घरमा आएका भुलले घरमै बाँधेका गाईलाई काठले टाउकोमा हानेर मारेको बुझिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने प्रहरी निरीक्षक जोशीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाई मारेको घटना सार्वजनिक भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *