गाउँगाउँमा रोगी खोज्दै राेङ गाउँपालिका

339292466 240945855099253 6268960042380296974 n

जनक न्यौपाने, राेङ

स्वास्थको  पहुँचमा पुग्न नसकेका गाउँगाउँका नागरिकहरुको लागि रोङ गाउँपालिका रोगको खोजीमा निरन्तर लागेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

रोङ गाउँपालिका स्वास्थ्य शाखाको प्रयासमा गाउँपालिकाका महिलाहरूको पाठेघर र स्तन क्यान्सरको परिक्षण, V.I.A जाँच गरी रोगको पहिचान, परामर्श र उपचारको कार्यमा निरन्तर लागिरहेको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दहालले बताए ।

गाउँपालिका स्वास्थ्य  शाखाको वार्षिक कार्ययोजना अनुसार चालु वर्षमा गाउँपालिका भित्र बिभिन्न ९ स्थानमा परिक्षण गरिने योजना अनुसार हालसम्म राेङ १ र२ मा संयुक्त शिविर सञ्चालन गरी ३ सय ५० , रोङ ५ मा ८७ ,रोङ ३ को कोल्बुङमा ८८ र आज रोङ ६ को म्भ्याङमा १ सय १० जना गरि कुल ६ सय ३५ जना महिलाहरूको परिक्षण गरिसकिएको छ भने अव जिर्मले, सलकपुर बरफल्याङ ,भालुझाेडा र धनशारमा शिविर सञ्चालन गरिने योजना रहेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।शिविरमा डाक्टर रामकृष्ण  आचार्य ,विकास गजमेर, ममता दियालि, सबिना अर्याल लगायतको स्वास्थ्यकर्मीको टिमले सेवा दिएका थिए ।

शिबिरमा पहिचान भएका रोगीलाई लगातार फलोअप राेगकाे चरण हेरी  परामर्श र उपचारको लागि सुविधा सम्पन्न अस्पताल सम्म रिफरको  ब्यवस्था गरिने शाखा प्रमुख काफ्लेले बताए ।यसरी गाउँमै आएर स्वास्थ्य सेवा दिने गरेको र आफूहरुलाई  सहज सेवा पाएकोमा खुसी लागेको स्थानीय  खगा प्रधानले बताइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *