Search
Close this search box.
Search
Close this search box.

गाउँपालिकाको काम छोडेर बेलडाँडीका कर्मचारी आन्दोलित, सेवाग्राही घर फर्किन बाध्य

कञ्चनपुर। सार्वजनिक सेवाकै लागि खटिएका बेलडाँडीका कर्मचारी सेवा ठप्प पारेर आफै आन्दोलनमा उत्रिएका छन । क्ञ्चनपुरको बेलडाँडी गाँउपालिका कर्मचारी दुईदिनदेखि सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

कार्यालयमा ढिलो आउने र छिटो जाने कर्मचारीलाई तह लगाउन गाँउप्रमुख हरिशचन्द्र रानाले सोमबार कार्यालय समय बिहान १० बजेतिर गेटमा ताला लगाएर ढिलो आउने कर्मचारीलाई प्रवेसमा रोक लगाएका थिए । तर, कर्मचारीहरु संगठित भएर आफुहरुमाथि अपमान भएको भन्दै दुईदिनदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

EPIC

सेवा दिने कर्मचारी नै आन्दोलनमा उत्रिएपछि कामका लागि कार्यालय पुगेका सेवाग्राही रित्तै हात फर्किएका छन् ।
कर्मचारीले विधी प्रकृया भन्दा फरक बाटो अंगालेर गाँउ प्रमुखले आफुहरुको अपमान गरेको भन्दै सोमबार कार्यालय आएर घर गए, मंगलबार कार्यालय समयमा आएर काम नगरी हलभित्र बसेपछि सेवाग्राही मारमा परेका छन् ।

सेवाग्राहीले यसरी आफ्नै गाँउपालिका प्रमुखले मुल गेटमा ताला लगाएर प्रवेस गर्न नदिएको झोकमा दुईदिनदेखि सेवा ठप्प पारेर आफै गैर कानुनी बाटोतर्फ उन्मुख भएको सेवाग्राहीको भनाई छ ।

स्थानीय एव सेवाग्राही दिपक जोशीले कार्यालय समयमा नआउने कर्मचारीलाई गाँउप्रमुखले गरेको एक्सनबाट जनता लाभान्वित हुने बताए । ‘जागिर खाएपछि कार्यालय समयमा आउनेदेखि जानुपर्ने कर्मचारीको कर्तव्य हो, ‘उनले भने, ‘यहाँ मनपरी ढङगबाट आउने जाने प्रवृति हावि भयो, यो त कर्मचारीको नैतिकता भित्र पनि प्रदैन नि ?’

अर्का स्थानीय तथा सेवाग्राही रतन लुहारले कर्मचारीले समयमै आएको भन्दै किन प्रमुखले यस्तो कदम चालेको विषयमा समिक्षा हुनुपर्ने बताए । ‘हाम्रो देशका केही कर्मचारी बाहेक अरु अनेकन कमिसन भ्रष्टाचारमा अख्तियारको फन्दामा परेका छन, ‘उनले भने, ‘यहाँको पनि अवस्था यस्तै हो, कर्मचारीले नै ढिलो आउने र छिटो जाने प्रवृतिले यस्तो भएको हो ।’

यसरी कर्मचारी दुईदिनदेखि आफ्नो काम कर्तव्य भुतुक्कै बिर्सिएर आन्दोलनमा उत्रिएपछि सेवाग्राही मारमा परेको विषयमा कसले जिम्मा लिने हो । बेलडाँडी गाँउपालिका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले आफुहरु कामका लागि कार्यालय जाँदा गाँउ प्रमुखले सिधै गेटमा ताला लगाएर प्रवेस गर्न नदिए अपमान गरेको बताए ।

‘हामी कार्यालय समयमै कार्यालय पुगेका थियौँ, ‘उनले भने, ‘तर गाँउ प्रमुख ज्यूले गेट बन्द गरेर हामीहरुको आवश्यता नै छैन भने जस्तो गरेर रोकिदिए ।’

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले पटक पटक कर्मचारीलाई आवश्यक निर्देशन दिनेदेखि आग्रह गर्दा समेत अटेरी गरेरपबिेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले पटक पटक कर्मचारीलाई आवश्यक निर्देशन दिनेदेखि आग्रह गर्दा समेत अटेरी गरेपछि बाध्य भएर उक्त कदम चालेको बताए ।

‘मैले कर्मचारी साथिहरुसंग समयमै आउन जाने भनेको थियो, ‘उनले भने, ‘नआएपछि बाध्य भएर यो कदम चालेको हुँ ।’ उनका अनुसार ४० कर्मचारी मध्ये ३ जना मात्रै समयमै आएर काममा खटिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले समयमै कार्यालय आउँ भन्दैमा आउँदैन भनेर आन्दोलनमा जानु अराजकता भएको बताए । ‘कर्मचारीलाई समयमै कार्यालय आउँ भन्दा कर्मचारीले आउँदैन भन्नु गलत हो, ‘प्रजिअ अधिकारीले भने, ‘बाँकी केही थप हामी पनि थप बुझेर सहजीकरण गर्दै जनतालाई सेवाबाट बञ्चित नगराउने वातावरण बनाउँछौँ ।’

बेलडाँडी गाँउपालिकामा काम गर्ने र नगर्ने कर्मचारीका कारण आज सबै कर्मचारी ढिलो आउने सुचिमा परेदेखि सेवाग्राही मारमा परेका छन । सेवाग्राहीले काममा फर्किर काम गर्न आग्रह गरेका छन । काम गर्न नसक्ने भए राजिनामादेखि घर फर्किए हुने चेतावनी दिएका छन ।

गाँउ प्रमुखले प्रवेसमा रोक लगाएको निहुँ बनाएर सेवा ठप्प गरेर नागरिकलाई दुख दिन अनि कार्यालयमा काम नगरेको दिन पारिश्रमिक लिन पनि अर्को आर्थिक तथा नैतिक अपराध भएको भन्दै स्थानीयले काममा फर्किएर नागरिकको सेवामा खटिन सुझाव दिएका छन ।

गाँउ प्रमुखसंग कुनै राजनीतिक, प्रशासनिक, नैतिक, आर्थिक, कमिसन लगायतका अनेकन निहुँ बनाएर सेवाग्राही आम जनतासंगको खेलवार्ड कार्य पनि निन्दनिय भएको बताईएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले उक्त विषयमा छलफल भईरहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले पटक पटक कर्मचारीलाई काममा फर्किन निर्देशन दिएपछि कर्मचारीले नमानेपछि बेलडाँडी गाँउपालिकामा दुईदिनदेखि सेवा अवरुद्ध भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *