Search
Close this search box.
Search
Close this search box.

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट हुँदा अध्यक्षको दुईवटा दाँत भाँचियो

सप्तरी । सप्तरीमा जनप्रतिनिधिबीच झडप हुँदा एक जनप्रतिनिधिको दाँत भाँचिएको छ । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दाँत भाँचिएको हो ।

कुटाकुटमा अध्यक्ष सूर्यनारायण मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्ष उषाकुमारी मण्डललाई पनि हातमा चोट लागेको जनाइएको छ ।

EPIC

मङ्गलबार गाउँ कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहँदा अध्यक्ष र उपाध्यक्षबीच एकाएक विवाद भएको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले बताए ।

उनले भने, ‘ बैठकमा सामान्य छलफल नै भइरहेको थियो । सोही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच विवाद बढ्दै कुटाकुट हुन थाल्यो, त्यसपछि हेर्दा थाहा भयो अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएछ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *