गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना, चालक गम्भीर तथा अध्यक्ष सामान्य घाइते

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ ।

EPIC

नौगाड-२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड-३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

EPIC EPIC EPIC

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *