बुद्धशान्ति – नेपाली कांग्रेसको यहि भदौ २७ गते हुने गाउँ अधिबेशनमा बुद्धशान्तिको गाउँ सभापतिमा पुनः चक्र शेर्माले उम्मेदवारी दिएका छन् ।
नेपाली काङ्ग्रेस ७ नम्बर वडा समितिको आयोजनामा साविक शान्तिनगरका ४ वटा वडाको प्रतिनिधि एवं पार्टीका नेता कार्यकर्ताहरुका माझ उनले सोमबार साझ उम्मेदवारी घोषणा गरेका हुन ।
ज्येष्ठ सदस्य तथा नेपाली काङ्ग्रेस पुर्व जिल्ला सदस्य छविलाल खतिवडाको सभापतित्वमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा जिल्ला सदस्य सुर्य ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।
शेर्मालाई सभापतिमा बुद्धशान्ति वडा नम्बर ४ का नवनिर्वाचित सभापति शेरवहादुर रायले प्रस्ताव गरेका थिए भने नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य खड्ग पन्दाकले समर्थन गरेका थिए ।
शेर्माले गाउँ सभापतिमा उम्मेदवारी घोषणा गर्दै संगठनलाई सुदृढीकरण गर्दै मजवुत बनाउने योजनासहित उम्मेद्वारी दिने निर्णय गरेको बताए । उनले युवा लक्षित कार्यक्रम ल्याउदै बेरोजगारी कम गर्न,महिला शशक्तिकरणसग समबन्धित कार्यक्रम ल्याउने बताउँदै व्यावसायिक, शैक्षिक र समाबेसिताका क्षेत्रमा आफू लागि पर्ने बताए ।
उनले आफू पार्टीको साझा उम्मेदवार रहेको बताउदै सबैको सहयोग रहदै आएको र आगामी दिनमा पनि रहने उल्लेख गरे। उनले ज्येष्ठ नेता तथा कार्यकर्ताको सम्मान गर्दै सवैलाई समेटेर संगठन मजवुत बनाउन अग्रसर हुने प्रतिवद्धता जनाएका छन्।
सबै क्षेत्र समेट्दै युवा र सम्मानित समुहको सम्बन्ध गास्ने हेतुको रुपमा उम्मेदवारी दिएको पनि दावी गरेका छन्।