गाजाको एक अस्पतालमा इजरायली सेनाले गरेको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार इजरायली सेनाले मंगलबार राति गाजाको एक अस्पतालमा आक्रमण गर्दा कम्तीमा ५०० जनाको मृत्यु भएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गरेका छन् । इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी चार हजार ५०० जना मारिएका बताइएको छ ।