काठमाडौं । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा प्रहरीले गायक तथा संगीतकार बाबुल गिरीमाथि सोधपुछ थालेको छ ।
पौडेलले शनिबार अनामनगरस्थित एक स्टुडियो अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । नितुको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
सो घटनाबारे सोधपुछ गर्न गायक तथा संगीतकार बाबुल गिरीलाई बोलाइएको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतहरूले गिरीसँग घटना र कारणबारे सोधपुछ गरिरहेका छन् । साङ्गीतिक क्षेत्रमा नितु र बावुल निकट मानिन्थे ।