गायिका रचना रिमालको सानो आन्द्रामा संक्रमण पुष्टि


काठमाडौं। लोकप्रिय गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ। चिकित्सकका अनुसार रिमालको सानो आन्द्रामा सुन्निने गरी संक्रमण देखिएको छ। संक्रमण थप नफैलियोस् भनेर चिकित्सकले एन्टिबायोटिक औषधि प्रयोग गर्न सिफारिस गरेका छन्।

अस्पताल स्रोतका अनुसार उनलाई २–३ दिन अस्पतालमै राख्नुपर्नेछ। हाल इमरजेन्सी वार्डमा भर्ना भएकी रिमाललाई सामान्य वार्डमा सार्ने तयारी भइरहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा मंगलबार अकस्मात् समस्या देखिएको थियो। पेट दुख्ने गुनासो गरेपछि उनलाई तत्कालै सुर्खेत पुर्‍याइएको थियो। त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

रिमालले मंगलबार रूकुम पश्चिमको सानिभेरी गाउँपालिकाको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने कार्यक्रम तय भएको थियो। तर स्वास्थ्यमा समस्या आएपछि उनको प्रस्तुति स्थगित गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *