Search
Close this search box.
Search
Close this search box.

गिरीबन्धु टी इस्टेटको गेटअगाडि कुकर बम

झापा ।गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि कुकर बम राखिएको भेटिएको छ ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अबस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । बम राति नै पड्काएको अनुमान गरिएको छ । तर, त्यसबाट कुनै पनि क्षति भएको छैन । बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन् ।

EPIC EPIC

बमसंगै पर्चा पनि भेटिएको छ । त्रसित र आतंकित पार्ने उद्धेश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने गिरीबन्धु टी इस्टेटका संचालक छत्र गिरीले बताए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको बिर्तामोड प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *