Search
Close this search box.
Search
Close this search box.

गीता वाचन प्रतियोगिताको उपाधि माधव संस्कृतलाई

अर्जुनधारा। झापा अर्जुनधारा ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयमा गीता जयन्तिको अवसर पारेर काशी मणि पितृ स्मृति समूहले गीता वाचन प्रतियोगितात्मक कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

आश्रमका प्रधानाध्यापक अम्बिका प्रसाद खतिवडाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि पूर्वप्राध्यापक वरिष्ठ समाजसेवी व्यक्तित्व मोहन भण्डारी रहनुभएको थियो ।

EPIC

विभिन्न संघसंस्था , गुरुकुल प्रतिनिधिहरूको आतिथ्यता रहेको कार्यक्रममा जम्मा ७ वटा गुरुकुलका १४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा मेचीनगर १२ सहरेडाँगीमा रहेको माधव संस्कृत विद्याश्रमका ईश्वर भट्टराईले प्रथम स्थान हासिल गरेका हुन् ।

सप्तऋषी गुरुकुल अर्जुनधारा ९ का सुदीप खतिवडा द्वितीय , देवर्षि संस्कृत विद्यालय अर्जुनधारा ९ का केशव भट्टराई तृतीय र देवर्षि संस्कृत विद्यालयका किरण दाहालले सान्त्वना स्थान हासिल गरी नगद, डायरी र प्रमाणपत्रबाट पुरस्कृत भएका थिए ।

विष्णुकुमार भट्टराईको संयोजनमा सम्पन्न कार्यक्रमको स्वागत विष्णु भट्टराईले गरेका थिए भने कार्यक्रमको सञ्चालन स्मृति समुहका सचिव गणेश भट्टराईले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *