Search
Close this search box.
Search
Close this search box.

गुल्मीमा अविवाहितलाई पनि भत्ता

गुल्मी। गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रम अन्तर्गत साउन महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ ।

EPIC

पालिकाले जारी गरेको सूचनामा वडाबाट अविवाहित भएको प्रमाणित पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, २ प्रति फोटो, बैङ्क खाता नम्बर र चेक बुकको प्रतिलिपिसँगै आमा बाबुको नाम र मोबाइल नम्बरसहित निवेदन पेस गर्नुपर्ने उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *