काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)ले अनुशासन उल्लंघन गरेको भन्दै एक जना पदाधिकारीलाई ३ दिनका लागि निलम्बन गरेको छ।

निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण निर्वाचन क्षेत्रको पदाधिकारीको पदबाट नीजलाई ३ दिनका लागि निलम्बन गरिएको सो पार्टीले जनाएको छ। ‘ अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडियो रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारवाही स्वरूप निलम्बन गरिएको हो’, रास्वपाले जनाएको छ।
उनलाई जेठ ५ गतेदेखि लागू हुनेगरी निलम्बन गरिएको हो।
यद्यपि व्यक्तिगत प्रतिष्ठामा आँचा आउने भन्दै पार्टीले निलम्बनमा परेका नेताको नाम भने खुलाएको छैन।