काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको भ्रमण सकेर काठमाडौँ फर्किएका छन्।
शुक्रबार गोरखा पुगेका पूर्वराजाले शनिबार गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेपछि आइतबार मनकामना मन्दिर दर्शन गरेका थिए।
सडकमार्ग हुँदै काठमाडौँ फर्कने क्रममा विभिन्न स्थानमा स्थानीय बासिन्दाले उनलाई स्वागत गरेका थिए। कतिपय स्थानमा स्वागतका लागि विशेष घडाहरू समेत राखिएको थियो।
त्यस क्रममा पूर्वराजा शाहको समर्थनमा नाराबाजीसमेत गरिएको थियो। उल्लेखनीय रूपमा, नेकपा (माओवादी केन्द्र)का कतिपय कार्यकर्ताले समेत उनको पक्षमा नारा लगाएको बताइएको छ। नुवाकोटको विदुरमा माओवादी कार्यकर्ता रुपा अर्यालले पूर्वराजाको समर्थनमा नारा लगाएकी थिइन्।