झापा । लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिनका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएकाे छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार ब्राउनसुगर सहित हर्क लिम्बू र मोहमद करिम पक्राउ परेका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको वेष्ट बङ्गाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहमद करिम रहेका छन् र उनको दाहिने खुट्टामा गोली लागेको छ भने करिमलाई तीनकुनेको कान्तिपुर अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि पक्राउ गरेको र उनको साथबाट लागुऔषध जोख्ने तराजुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तैगरि प्रहरीले घटनास्थलबाट ३ राउन्ड गोलीसहित १ नाल पिस्तोल र २ सय ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ ।