गौंडामा बढ्दो पर्यटक चाप र ट्राफिक व्यवस्थापनको आवश्यकता

पालिका सन्देश । गौंडा क्षेत्र हालका दिनमा पर्यटकको रोजाइमा पर्न थालेको रमणीय स्थल हो। साथीहरूबीच रमाइलो गर्न, घुम्न तथा स्थानीय व्यवसायलाई टेवा पुर्‍याउन आउने आगन्तुकहरूको आगमन यहाँ उल्लेखनीय छ। यसले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।

तर, यति सकारात्मक पक्षसँगै केही चिन्ताजनक अभ्यासहरू पनि देखिन थालेका छन्। एकै मोटरसाइकलमा तीन–चार जनासम्म चढ्ने, गाउँघरको परिवेशमा नपच्ने असभ्य भाषा प्रयोग गर्ने, अत्यधिक गतिमा सवारी साधन चलाउने, सडकमा अनावश्यक ध्वनि प्रदूषण गर्ने जस्ता गतिविधिहरूले गाउँको शान्त वातावरणमा असर पुर्‍याएको छ। यस्ता लापरवाहीले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

मनोरञ्जन सबैको अधिकार हो तर त्यो अरूको अधिकार र शान्तिपूर्ण जीवनशैलीमा बाधा पुर्‍याउने गरी हुनु हुँदैन। यसर्थ, ट्राफिक व्यवस्थापनको पक्षमा अब ढिला नगरी चाँडो पहल गर्न आवश्यक भएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

यसै सन्दर्भमा, सामाजिक सञ्जालमार्फत ललित ढुंगेलले टीमाई पुल क्षेत्रमा अनिवार्य रूपमा ट्राफिक प्रहरीको व्यवस्था गर्न आग्रह गरेका छन्। उनको भनाइ अनुसार यस्ता भीडभाड हुने स्थानहरूमा ट्राफिक सुरक्षाको विशेष व्यवस्था नहुँदा दुर्घटनाको जोखिम अझै बढ्न सक्छ।

गौंडाको पर्यटक सम्भावना दीर्घकालीन र मर्यादित बनाउन स्थानीय प्रशासन, ट्राफिक निकाय, सरोकारवाला तथा स्वयं आगन्तुकहरूबीच जिम्मेवार सहकार्य आवश्यक छ। ट्राफिक अनुशासन र सामाजिक मर्यादाको पालन गर्दै मात्रै सुरक्षित र समृद्ध पर्यटन संस्कृतिको विकास सम्भव छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *