गौरादहमा पुलबाट खोलामा ट्याक्टर खस्दा मोरङकी एक महिलाको मृत्यु

झापा । झापामा ट्याक्टर पुलबाट खोलामा खस्दा १ जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार ११ जना घाइते भएका छन् ।

गौरादह नगरपालिका–४ स्थित रामचन्द्रे खोलाको पुलबाट सोमबार साँझ ७ः२० बजेतिर ट्याक्टर खसेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर पुलबाट खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

EPIC EPIC EPIC

दुर्घटनामा परेर ट्याक्टरमा सवार मोरङको रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया सवस्तिका मर्डीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको डीएसपी खड्काले बताए ।

दुर्घटनामा रतुवामाई–८ की ५० वर्षीया मुनिमति सतार, २३ वर्षीया विनिता मर्डी, २६ वर्षीया मीना मर्डी, १२ वर्षीया सम्झना मर्डी, रतुवामाई–५ की १५ वर्षीया सन्तोषी किस्कु, ८ वर्षीया मेलिना मर्डी, ६० वर्षीय एतोबार मुर्मू, २० वर्षीया सरिता मर्डी, सरिताका छोरा ३ वर्षीय गंगाराम मर्डी, मोरङको सुनवर्षी नगरपालिका–२ की ३० वर्षीया शीला मर्डी र झापाको शिवसताक्षी नगरपालिका–९ बैगुनधुराका १७ वर्षीय विजय वास्की घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ । घाइतेहरुको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक मोरङको रतुवामाई–५ का २५ वर्षीय चमलाल मुर्मूलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *