Search
Close this search box.
Search
Close this search box.

गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजाको मृत्यु, एक घाइते

बिर्तामोड। झापाको गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

आज साँझ ०७ः१० बजे गौरादह-१ सीतापुरीचोकको भित्री सडक खण्डमा दुर्घटना हुँदा कमल-५ बस्ने २४ वर्षीय सञ्जोक भण्डारीको मृत्यु भएको हो ।

EPIC

बा. ७० प १८१ नम्बरको मोटरसाइकलका चालक भण्डारीको उपचारको क्रममा दमकको निम्स अस्पतालमा साँझ ०७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रङ्गपुरबाट सीतापुरीतर्फ जाँदै गरेको भण्डारीले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे. ६ प ५८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

अर्को मोटरसाइकलका चालक गौरादह १ बस्ने अन्दाजी २७/२८ वर्षीय दुर्गा ताजपुरियालाई गप उपचारका लागि बिर्तामोडको विर्तासिटी अस्पताल ल्याइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *