गौरादह नगरपालिका आजदेखि आंशिक लकडाउन

झापा । झापाको गौरादहमा आज देखि अर्को सुचना जारी नभएसम्म आंशिक लकडाउन हुने भएको छ ।

नगरपालिकामा भएको सर्वदलीय बैठकले आज देखि लागुहुने गरी बेलुकी ५ देखि बिहान ५ बजेसम्म पसल, बजार, यातायात सहितका सबै साधन बन्द गर्ने निर्णय गरेको कुरा नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

यसै गरि हिजो बसेको सर्वदलीय बैठकले संक्रमितलाई अस्पताल सम्म पुर्याउन नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएकालाई ल्याउनका लागि नगरपालिकाले नै शव बहानको व्यवस्थापन गर्ने र आँशिक निषेधाज्ञाका लागि जिल्ला प्रसासनसँग माग गर्ने समेत निर्णय गरेको कुरा प्रवक्ता भण्डारीले जनाएका छन् ।

गौरादहमा हाल सकृय सँक्रमित ५० जना रहेको र अहिलेसम्म संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *