गौरीगञ्जबाट ठूलो परिणाममा लागूऔषधसहित दुई भारतीय र एक नेपाली पक्राउ

झापा- झापाको गौरीगञ्जमा ठूलो मात्रामा लागुऔषधसहित दुई भारतीय र एक नेपाली पक्राउ परेका छन् ।

बुधबार साँझ साढे पाँच बजे गौरीगञ्ज बजारस्थित हुलाकी सडकखण्डमा प्रहरीले शंका लागेर बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकललाई चेकजाँच गरेको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

चेकजाँचका क्रममा मोटरसाइकल चालक भारत किसनगंजका १९ वर्षीय मोनाजिर आलमको मोबाइल फोनमामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने भिडियो फेला परेको थियो ।

सोधपुछ गर्दा आलमले उक्त लागुऔषध भोला ठाकुरसँग रहेको र संजय राईलाई दिन पठाएको बताएका थिए ।

लगत्तै प्रहरीले खोजतलास गर्दा गौरीगञ्ज चोक नजिकबाट भारत किसनगंजका ५८ वर्षीय भोला ठाकुरलाई पक्राउ गरेको थियो । उनको साथबाट १०२.८१० ग्राम ब्राउनसुगर, १०० वटा नाइट्राजेपाम ट्याब्लेट र २ बोतल कोडिन फोस्फेट सिरप बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसपछि प्रहरीले संजय राईलाई गौरीगञ्ज–३ तेलगानीबाट ना १ च ९१६२ नम्बरको कारसहित पक्राउ गरेको छ । दमक नगरपालिका–५ बस्ने ४१ वर्षीय राईको साथबाट २ लाख ४३ हजार ५०० नेपाली रुपैयाँ, दुई थान आईफोन र लागुऔषध नाप्ने डिजिटल तराजु बरामद भएको छ ।

प्रहरीले नगद, मोबाइल, तराजु र कारसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *