Search
Close this search box.
Search
Close this search box.

गौरीगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दमक। झापाको गौरीगञ्ज ५ पेट्रोल पम्पनजिकै भित्री सडकमा भएको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजेतिर सो ठाउँमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय कैलाशप्रसाद ताजपुरियाको मृत्यु भएको हो ।

EPIC

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को. २८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै उनलाई दमकको निम्स हस्पिटलमा ल्याइएको थियो । उनलाई अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक ३२ वर्षीय तुलसी ताजपुरिया सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *