गौरीगञ्ज – विद्यालयहरूमा गुनासो व्यवस्थापन प्रभावकारी बनाउन झापाको गौरीगञ्ज गाउँपालिकामा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। हिजो एसएनजेडीको आयोजनामा तथा लुथरन विश्व फेडेरेसन, नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम गाउँपालिकाका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि आयोजित गरिएको थियो।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुजन न्यौपाने, शिक्षा शाखा प्रमुख, र विद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो।

कार्यक्रममा गुनासो सुनुवाइ कार्यविधि २०७४ (संशोधित २०७७) को विषयमा विस्तृत छलफल गरिएको थियो। अभिमुखीकरणका लागि एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले सहजीकरण गरेका थिए।
कार्यक्रममा अध्यक्ष राजवंशीले विद्यालयमा गुनासो सुनुवाइ प्रणाली प्रभावकारी बनाउन शीघ्र कार्यविधि अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिने घोषणा समेत गरिएको थियो।